लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी मंसिर ४ गते मंगलबार २०औँ वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको छ । सभामा सोही प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।