तिहार अघिसम्म ७ बैंकको लाभांश घोषणा, कसको बोनस र नगद कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

तिहार अघिसम्म ७ बैंकको लाभांश घोषणा, कसको बोनस र नगद कति ?



काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैंक तर्फ ७ वटा बैंकले लाभांश घोषण गरेका छन् ।

हालसम्म एभरेष्ट बैंक, सानिमा, सिटिजन्स, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, नबिल बैंकले लाभांश घोषणा गरेका हुन् ।

एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

यस्तै, यो वर्ष सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यता, सानिमा बैंकले पनि यो वर्ष आफ्ना सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले यो वर्ष नगद लाभांश मात्रै दिने भएको हो ।

यस्तै, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनश सेयर मात्रै दिने घोषणा गरेको छ । त्यसैगरि नबिल बैंकले पनि यो वर्ष १० प्रतिशत नगद मात्रै, स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

यता, प्राइमले ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्