लाभांश पारित गर्न नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्नका लागि नबिल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आउँदो मंसिर २७ गते साधारण सभा बोलाएको हो ।
मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको ४०औं वार्षिक साधारण सभा मिति तय गरेको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । बैंकले वर्ष आफ्ना सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा सो लाभांश पारित हुनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुक क्लोज मिति पनि तोकेको छ । बैंकले मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएको हो ।