छुट्ला है यी दुई बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

छुट्ला है यी दुई बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । बिहीबार दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । लाभांश वितरण प्रयोजनका लागि ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकले मंसिर ९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो वर्षका लागि ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न बैंकले आगामी मंसिर २७ गते १८औँ वार्षिक साधारण सभा डाकेको छ ।

यता, प्राइम बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ ।
सो प्रस्ताव पारित गर्न बैंकले मंसिर १९ गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्