एनएमबि बैंकले यो वर्ष पनि लाभांश नदिने « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

एनएमबि बैंकले यो वर्ष पनि लाभांश नदिने



काठमाडौं । एनएमबि बैंकले सेयरधनी निराश बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको गत शुक्रबार (मंसिर २१ गते) बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई यो वर्ष कुनै पनि लाभांश नदिने निर्णय गरेको हो।

तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जनाएको छ ।

बैंकले गत वर्ष पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन । अघिल्लो वर्ष अर्थात् आव २०७८–७९ मा भने बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्