विभिन्न कार्यक्रमसहित सिद्धार्थ बैंकले मनायो २२औँ वार्षिकोत्सव, ल्यायो यस्तो अफर « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

विभिन्न कार्यक्रमसहित सिद्धार्थ बैंकले मनायो २२औँ वार्षिकोत्सव, ल्यायो यस्तो अफर



काठमाडौं । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले आफ्नो २२औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमहरु पनि सम्पन्न गरेको छ ।

सिद्धार्थ बैंक नेपालको १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापना भएको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गर्नुभएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ । बैंकले देशका विभिन्न स्थानहरु; काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यलसहित “सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर” ल्याएको छ । अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइट https://www.siddharthabank.com/others/22nd–anniversary-offer- मा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्