कुमारी बैंकको ४५ लाख बढी कित्ता सेयर बिक्रीमा « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

कुमारी बैंकको ४५ लाख बढी कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले आफनो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

उक्त सेयरमा बैंकका संस्थापक सेयर धनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्