मुक्तिनाथ विकास बैंकबाटै अन्य बैंकका ग्राहकले टेलर क्युआर मार्फत नगद झिक्न सकिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तर बैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ ।
यस सेवा अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोवाईल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । यस सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रुपमा चेक तथा एटिएमको प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ ।
यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा , कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरुगरी निकट भविष्यमा देश भरीकै शाखामा बिस्तार गरिने छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।