ग्लोबल आइएमई बैंकलाई अन्तर्राष्ट्रिय गोल्ड अवार्ड, डिजिटल इनोभेसनमा विश्वव्यापी सफलता « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल आइएमई बैंकलाई अन्तर्राष्ट्रिय गोल्ड अवार्ड, डिजिटल इनोभेसनमा विश्वव्यापी सफलता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५’ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।

बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो ।

यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन—इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ ।

लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले ग्लोबल आइएमई बैंकको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामथ्र्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको छ ।

यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।

त्यसैगरी, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो ।

ग्लोबल आइएमई बैंक प्रविधिको विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समय सापेक्ष समाधानमा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा अगाडि छ ।

बैंकले नवीन प्लेटफर्महरूको उपयोग गर्दै विश्वव्यापी रुपमा संजाल र साझेदारी निर्माण गरेर समावेशिता, पहुँच र सेवा उत्कृष्टतामा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्