स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गरेको छ ।

यो रेटिङ वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा अत्यन्त उच्च सुरक्षाको सूचक मानिन्छ । यो रेटिङ बैंकको बलियो पूँजी, सुदृढ जोखिम व्यवस्थापन र उत्कृष्ट सम्पत्ति गुणस्तरका आधारमा पुनः पुष्टि गरिएको हो ।

इक्राका अनुसार चालु आर्थिक वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत पुगेको छ, जुन नियामक मापदण्डभन्दा धेरै माथि हो ।

यस्तै, नन–पर्फर्मिङ लोन (एनपिएल) १.४४ प्रतिशत मात्र छ, जुन ‘क’ वर्गको बैंक औसतभन्दा निकै कम हो ।


प्रतिक्रिया दिनुहोस्