को हुन् लक्ष्मी सनराइज बैंकबाट फोन लोन लिएर नतिर्ने ५० ऋणीहरु ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कर्जाको किस्ता समयमा तिर्न नसकेका ५० जना ऋणीहरूको विवरण सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै ‘फोनलोन’ सेवा सुरु गरेको छ ।
तर, पछिल्लो समय कर्जाको पुनः तिर्न पटक–पटक अनुरोध गर्दा समेत ऋणीहरू सम्पर्कविहीन भएका र जानाजान कर्जा नतिरेपछि उनीहरूको विवरण सार्वजनिक गर्न बाध्य भएको जनाएको छ ।
प्रकाशित सूचनामा ऋणीहरूको नाम, नागरिकता नम्बर, अस्थायी र स्थायी ठेगाना, साथै बाबु र बाजेको नामसहितको तीन पुस्ते विवरण उल्लेख गरिएको छ ।
सूचनामा बैंकले ती ऋणीहरूलाई ३५ दिनभित्र सम्पूर्ण मूलधन, ब्याज र अन्य लाग्ने शुल्क चुक्ता गर्न अन्तिम अवसर दिएको छ । तोकिएको उक्त समयसीमाभित्र पनि भुक्तानी नगरिएमा, प्रचलित कानुनअनुसार कानुनी कारबाही तथा कर्जा असुली प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशानुसार तिनीहरूको नाम कालोसूचीमा समावेश गर्न सिफारिस गरिने समेत सूचनामा उल्लेख छ ।
