प्रभु बैंकको डोल्पा र तनहुँमा साखा « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

प्रभु बैंकको डोल्पा र तनहुँमा साखा



काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखा खोलेको छ । त्यस्तै तनहुँको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ ।
बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गबाट विहान ९ः३० बजे एक समारोहका विचभएको हो । त्यसैगरी डुम्रे शाखा कार्यालयको समुद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले एक समारोहकाविच गरे । यातायात, सञ्चार तथा विद्यूत आपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकले सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दालाई बैंकिङ्ग सेवा उपलब्ध गरेको होे । समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणलाई प्रभु बैंकको बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर प्राप्तभएको छ ।


प्रतिक्रिया दिनुहोस्