मेरो माइक्रोफाइनान्सको सिईओमा रामहरी दाहाल नियुक्त « Arthapath.com
२४ श्रावण २०७६, शुक्रबार

मेरो माइक्रोफाइनान्सको सिईओमा रामहरी दाहाल नियुक्त



डेपुटी सिईओमा नबराज दाहाल
काठमाडौं ः मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सिईओमा पुन रामहरी दाहाल नियुक्त भएका छन । बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षका लागि रामहरि दाहाल र डेपुटी सिईओमा नबराज दाहाललाई नियुक्त गरेको हो ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरी दाहाल दोस्रो कार्याकालका लागि पुन: नियुक्त भएका छन् । उनि चार बर्षका लागि नियुक्त भएका हुन् । उनको कार्यकाल आगामी भदौ ३० गते सकिँदै थियो । साउन २३ गते बसेको संचालक समितीको बैठकले असोज १ गते बाट लागू हुने गरि नियुक्त गरेको हो ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्ममा १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको छ । . एक वर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो ।
शतप्रतिशत हकप्रद र बोनस बाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडा कोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ ।
माइक्रोफाइनान्सले असार मसान्त सम्ममा एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्च पछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्