राष्ट्रिय वाणिज्य बैंक पनि आईपिएस प्रणालीमा « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

राष्ट्रिय वाणिज्य बैंक पनि आईपिएस प्रणालीमा



कठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको आईपिएस पेमेन्ट प्रणालीमा कारोबारगर्ने बैंकहरुमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक पनि समाहित भएको छ ।

बाणिज्य बैंकले उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको हो । सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारांै ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबार गर्न सक्नेछन् ।


यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवा प्रदायकहरुको पोर्टलमा कनेक्सनको पेमेन्ट प्रोसेसर (गेटवे), वा मोबाईल एपको प्रयोग गरी भुक्तानीगर्न सक्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्