सर्वोच्चको आदेशपछी नारायणदाशले सम्हाले सिईओको पद « Arthapath.com
२९ श्रावण २०७६, बुधबार

सर्वोच्चको आदेशपछी नारायणदाशले सम्हाले सिईओको पद



खुसियालीमा युनियनले लड्डु बाँडे


काठमाडौं÷ प्राइम कमर्सियल बैंकका सिईओ नारायणदाश मानन्धरले बुधबारदेखी पुनः सीईओको कार्यभार सम्हालेका छन । उनलाई नेपाल राष्ट्र बैंकले यही साउन २० गते निर्देशन जारी गर्दै उमेर हद लगाएको थियो ।
मानन्धरले सिईओमा जारी रहन पाउँ भनि अदालतमा जाहेर गरेको मुद्दा उपर आन्तरीम आदेश पाएको भोलीपल्ट बुधबारदेखी सिईओको पदभार सम्हालेका छन ।
सीईओ मानन्धरलाई बुधबार बैंकका उच्च तहका कर्मचारीले पुष्पगुच्छासहित स्वागत गरेका थिए । विदा भएको ८ दिनपछि बैंक कार्यभार सम्हाल्दा मानन्धर प्रफुल्लित देखिन्थे । उनी दिउसो करिव ३ वजे बैंक पुग्दा अधिकांस संचालक र उच्च तहका कर्मचारीले स्वागत गरेका थिए । उनको सिईओ पुर्नबहालीको खुसियालीमा बैंकका कर्मचारी युनियनले लड्डुसमेत बाँडेका थिए । मानन्धर बैंक हाजिर हुँदा प्रफुल्लित देखिन्थे । उनले उमेरहद तोक्नु राष्ट्र बैंकको गल्ति भएको भन्दै करार कर्मचारीलाई उमेर हद लगाउनु नहुने बताए ।

यसरी पुर्नबहाली भए नारायणदाश फोटो फिचर हेर्नुहोस ।


मानन्धर बुधबारै सर्वोच्चबाट पत्र सहित हाजिर भएका हुन् । प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको एकल इजलाशले मानन्धरलाई काम गर्न दिन नहुनुको कारण १५ दिनभित्र लिखित पेश गर्न नेपाल राष्ट्र बैंकलाई भनेको छ । मानन्धरको मुद्दाको शुनुवाई गर्दै प्रधानन्यायधिस राणले अन्तरीम आदेश दिएका हुन ।
साउन १३ गते निर्देशन जारी गर्दै सिईओको हकमा ६५ वर्ष र अध्यक्ष तथा संचालकको हकमा ७० वर्षे उमेर हद तोकेको थियो । दुबैकले तोकिएको उमेरमा बैंक ज्वाइन गरे थप ४ वर्ष विताउन पाउने उल्लेख छ । मान्न्धर भने ४ दशक नाघिसकेका छन ।
राष्ट्र बैंकले उमेर हदका कारण बैंकको सिईओबाट हट्न निर्देशन जारी गरेपछि मानन्धर गत बुधबारै सर्वोच्च अदालत गएका थिए । उनको मुद्दा सर्दै मंगलबार फैसल्ला मार्फत आन्तरीम आदेश पाएका हुन । प्राधानन्यायधिस आफैको बेन्चमा राखिनुलाई धेरैले रित खारेजीको अनुमान गरेका थिए ।

राष्ट्र बैंकलाई झड्का


बैंक वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था ऐनमा उल्लेख नभएको उमेर हद लगाएको भन्दै मानन्धर सर्वोच्च गएका हुन । राष्ट्र बैंकको सो निर्देशन जारी गर्ने बेलामानै संचालक समितमा मत बाँझिएको थियो । संचालक समितिमा नै ४ र २ को अवस्था आएपछि बहुमतको आडमा जारी भएको निर्देशनलाई सर्वोच्चले उल्टाइदिएको छ । सर्वोच्चको सो निर्णयले राष्ट्र बैंकलाई झड्का लागेको छ । मानन्धरको मुद्धामा बहज गरेका वरिष्ठ अधिवक्ता शुशिल पन्तले राष्ट्र बैंककै संचालक ७० वर्ष भन्दा माथी भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्