प्राइम कमर्सियल बैंकले खोल्यो इमाडोलमा शाखा « Arthapath.com
२९ श्रावण २०७६, बुधबार

प्राइम कमर्सियल बैंकले खोल्यो इमाडोलमा शाखा



काठमाडौं । प्राइम बैंकले ललितपुरको इमाडोलमा साखा खोलेको छ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा बुधबार प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उदघाटन गरे ।


यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता बैंकले प्रकट गरेको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्