नेपाल इन्भेष्टमेन्टको नाफा तीन अर्ब ४१ करोड « Arthapath.com
३० श्रावण २०७६, बिहीबार

नेपाल इन्भेष्टमेन्टको नाफा तीन अर्ब ४१ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्व ४१ करोड गर्न सफल भएको छ । बैंकले गत आर्थिक बर्षमा तीन अर्ब ४१ करोड रुपैया“ नाफा गर्न सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड रुपैया“ थियो । निक्षेप, ऋण लगानी, खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको छ ।


मेलम्ची प्रोजेक्ट र कोइला कम्पनीलाई दिएको कर्जा समयमा नउठ्दा इन्भेष्टमेन्ट बैंकको नाफामा केही कमि देखिएको यसै आवमा सबै कर्जा उठ्ने बैंकका सीईओ पाण्डेले बताए ।
बैंकले विगतमा प्रवाह गरेको कर्जामा समस्या आउ“दा एक अर्ब ५० करोड रुपैया“ प्रोभिजनिङ गर्नु परेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बताए ।


बैंकले खुद व्याज आम्दानी ५.१२ प्रतिशतले सुधार गर्दै ६ अर्ब १५ करोड रुपैया“ आर्जन गरेको छ । निक्षेप संकलन ९.३७ प्रतिशतले सुधार हु“दा कर्जा लगानीमा विस्तार भने ३.९५ प्रतिशत मात्रै गरेको छ । सर्वसाधारणको एक खर्ब ४९ अर्ब रुपैया“ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैया“ कर्जा लगानी गरेको छ ।

बैंकको पु“जी कोष अनुपात १२.६६ प्रतिशतबाट १३.६५ प्रतिशत भएको छ भने खराब कर्जा १.४२ प्रतिशतबाट बढेर १.७८ प्रतिशत पुगेको छ ।
आधार व्याजदर ९.०२ प्रतिशतबाट ८.३३ प्रतिशतमा झार्न सफल भएको छ । स्प्रेड दरमा यस पटक थोरै प्रतिशत विन्दुले बढाएर ४.३८ प्रतिशत पु¥याएको छ । चुक्ता पु“जी १० अर्ब ६४ करोड रुपैया“बाट १२ अर्ब ८६ करोड छ ।


प्रतिक्रिया दिनुहोस्