जिवनले छाडेको एकसाता नपुग्दै सेञ्चुरीले न्यौपानेलाई बनायो डेपुटी सिईओ « Arthapath.com
३० श्रावण २०७६, बिहीबार

जिवनले छाडेको एकसाता नपुग्दै सेञ्चुरीले न्यौपानेलाई बनायो डेपुटी सिईओ



काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकका डेपुटी सिईओ जिवन भट्टराईले राजिनामा दिइएको एक साता पछि मनोज न्यौपानेलाई डेपुटी सिईओमा नियुत्त गरेको छ ।


बैंकका सिईओ तुलसीराम गौतमको सिफारिसमा बैंकको एजिएम रहेका मनोज न्यौपाने डेपुटी सिईओमा बढुवा भएका हुन ।


उनि यसअघि बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए । विगत २ वर्षदेखि बैंकको एजिएम पदमा कार्यरत मनोज न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका हुन ।

न्यौपानेले हिमालयन बैंक, सनराईज बैंकगरी करिब १६ वर्षको बैंकिङ्ग कार्यानुभव हासिल गरेका छन । उनि बैंकको प्रवक्ता पनि हुन । न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन । बैंकले काठमाडौं उपत्यकामा १३Þ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथ १३ वटा शाखरहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्