सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्झौता « Arthapath.com
९ भाद्र २०७६, सोमबार

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालि बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र सिप्रदीबिच आयोजित सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्राÞलिका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्राÞ लि बाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन । भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल न ई २० बाट थप जानकारी पाउननेछन । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्