एटीएम ह्याक प्रकरण राष्ट्र बैंकले बनायो ५ सदस्यीय छानविन कमिटि « Arthapath.com
१६ भाद्र २०७६, सोमबार

एटीएम ह्याक प्रकरण राष्ट्र बैंकले बनायो ५ सदस्यीय छानविन कमिटि



काठमाडौं । शनिबार राजधानीको दरवारमार्ग स्थीत विभिन्न बैंकको एटिएम ह्याक गरी पैसा लुटिएको घट्नालाई छानविन गर्न नेपाल राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गरेको छ । एटीएम ह्याक गरी करोडौं रुपैयाँ चोरी भएको विषय छानविन गर्न राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको हो । आइतबार गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनमा कमिटि गठन गरिएको हो । कमिटिले मंगलबार रिपोर्ट दिनेछ ।

छानविन कमिटिमा राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजक रहेका छन भने, राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाव, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई २ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने समय दिइएकोछ ।
समितिले उपलब्ध तथ्यांकहरुको विश्लेषण गरी प्राविधिक विश्लेषणका लागि फरेन्सीक टेस्ट गर्न सिफारिस गर्नेेछ । प्रतिवेदन बुझाएपछि फरेन्सीक ल्याब टेस्ट गरिनेछ । फरेन्सीक टेस्टपछि घटनाको चुरो कुरो पत्ता लाग्छ ।

सर्वसाधारणलाई नहात्तिन आग्रह

राष्ट्र बैंक र संबन्धीत बैंकहरुले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएका छन । व्यक्तिको खाताबाट रकम नझिकिएकोले कसैलाई पनि नआत्तिन राष्ट्र बैंकले आग्रह गरेको छ । शनिबार विभिन्न बैंकको एटीएमबाट ह्याकरहरुले साढे ३ करोड रुपैयाँ निकालेका थिए । नेपाल प्रहरीले पनि घटनाको अध्ययन गरिरहेको छ । नविल बैंकका कर्मचारीले शनिबार पैसा निकालेको भिडियोमा चिनियाँ नागरिक रहेको पत्ता लागेपनि तत्काल प्रहरीलाई खवर गरेकाले ठुलो क्षती हुन पाएन ।

एक जना ह्याकरलाई प्रहरीले पक्राउ गरेपछि लुटेरा समुह बसेको माया मनोर होटेलमा खानतलासी गरेको थियो ।
ह्याकरहरु भाग्न सफल भएका थिए । प्रहरीले नगद, एटीएम कार्ड लगायत विभिन्न उपकरणसहित पक्राउ गरेको थियो । प्रहरीले ५ जना चिनियाँ ह्याकरलाई पक्राउ गरेको हो । शुक्रबार काठमाडौं आएका ह्याकरहरु सोमबार चीन फर्किने कार्यक्रम थियो ।


प्रतिक्रिया दिनुहोस्