नेपाल बैंकले कहिले पाउँछ सिईओ ? « Arthapath.com
१८ भाद्र २०७६, बुधबार

नेपाल बैंकले कहिले पाउँछ सिईओ ?



भुवन दाहाल र रत्नराज बज्राचार्य किन गएनन् ?


काठमाडौं । मुलुककै जेठे नेपाल बैंकमा सिईओ खाली भएको ६ महिनाभन्दा बढी भैसकेको छ । राष्ट्र बैंकको नियमअनुसार ६ महिनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत सियृओ पद खालि राख्न पाइँदैन । तर नेपाल बैंकले सियृओ छनोट प्रक्रियामा रहेको भन्दै राष्ट्र बैंकको नियम मानिरहेको छैन ।
नेपाल बैंकमा सिईओ बन्न १४ जना बैंकरले आवेदन दिएका छन । गत चैत्र ११ गते तत्कालिन सिईओ देवेन्द्रप्रताप शाहको कार्यकाल सकिएपछि नेपाल बैंक कामुकै भरमा चलेको छ ।
बैंकले साउन १४ गते सूचना जारी गर्दै सिईओको आवेदन खुलाएको थियो । ३ लाख रुपैयाँ तलब तोकिएको बैंकको सीइओ पदका लागि १४ जनाले आवेदन दिएको बैंकका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

बैंकको सीइओका लागि राष्ट्रिय वाणिज्य बैंकमा १०औं तहमा कार्यरत दुर्गाकुमारी कर्णेल, राजुनाथ खनाल, अरुणकुमार ढुंगाना, रामदेव यादव, कृष्णवहादुर अधिकारी, मुरारीप्रसाद अर्याल, पूर्णप्रसाद आचार्य, सुन्दर पन्थी, पुष्पराज भण्डारी, गोविन्दप्रसाद दाहाल, शेषरमण आचार्य, अशोक खड्गी, शंकरकुमार रायमाझी र दिल्लीराम शर्माले आवेदन दिएका छन । आवेदक मध्येबाट १ जनालाई सिईओ नियुक्ती गरिनेछ । नेपाल बैंकले अवको १ महिनाभित्रैमै सिईओ पाउने छ । बढीमा १ महिनाभित्र सिईओ नियुक्त भइसक्ने अध्यक्ष बासुदेव अधिकारीले बताए ।

सीईओ बन्नका लागि न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने बैंकद्धारा सार्वजनिक आवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अनतराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तमिा १० वर्षको कार्य अनुभव गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
नेपाल बैंकलाई बजारमा प्रतिस्प्रधी बनाउन निजी बैंकिङ क्षेत्रमा काम गरेको सिईओको खोजि भएको थियो । सानिमा बैंकको सिईओमा कार्यरत भुवन दाहाल र हालै सानराइज बैंक छाडेका रत्नराज बज्राचार्यको चर्चा चलेपनि उनिहरुले इच्छा देखाएनन् ।
सानिमा बैंकमा अझै २ वर्ष सिईओको कार्यकाल बाँकी रहेकोले मलाई अफर आएको तर आफुले त्यो विषयमा प्रवेशनै नगरेको दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्