एभरेष्ट बैंकद्वारा शौचालय निर्माण « Arthapath.com
२६ भाद्र २०७६, बिहीबार

एभरेष्ट बैंकद्वारा शौचालय निर्माण



विदुर/ एभरेष्ट बैंक लि.ले विद्यालयका लागि आधुनिक शौचालय निर्माण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट पञ्चकन्या गाउँपालिका–३ कठेरीस्थित नवसञ्जीवनी माध्यमिक विद्यालयका लागि शौचालय निर्माण गरेको हो ।
बैंकले बुधबार एक कार्यक्रम गरी शौचालय हस्तान्तरण गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका निमित्त सदस्य जगदीश फुँयाल, बैंकका ३ नं. प्रदेश प्रमुख विष्णुप्रसाद ज्ञवाली, बैंकका मार्केटिङ विभाग प्रमुख पुष्पराज उप्रेती, बट्टार शाखाका प्रबन्धक उज्ज्वल प्रजापतिलगायतले बोलेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मिश्र, विद्यालयका प्रधानाध्यापक रामेश्वर मिश्रले बैंकलाई धन्यवाद दिए ।
एभरेष्ट बैंकले ९४ शाखा, १ सय १० एटीएम र ३० काउन्टरमार्फत सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्