सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग « Arthapath.com
३१ भाद्र २०७६, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नÞं ३, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वेष्ट कलेज अन्तगर्तको क्वेष्ट सोसल कल्वका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको सहकार्यमा कल्वका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्