प्राइमले कैलाश गाभ्न एलओआई पायो « Arthapath.com
१५ आश्विन २०७६, बुधबार

प्राइमले कैलाश गाभ्न एलओआई पायो



काठमाडौं / असार २० गते मर्जरको लागी एमओयू गरेका कैलाश विकास बैंकलाई गाभ्न आज प्राइम बैंकलाई राष्ट्र बैंककले सैद्धान्तीक सहमती दिएको छ । प्राइम बैंकका सिईओ नारायणदाश मानन्धरले भने अव छिट्टै डिडिए सकाएर आगामी पौषभित्र एकिकृत कारोवार गछौं । प्राइम बैंकले गत भदौं २९ गते कन्काई विकास बैंकलाई गाभेको थियो ।
प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्वन्धमा आज नेपाल राष्ट्र बैंकबाट स्रद्धान्तकि सहमती पाएको हो । गत भदौं २९ गते मर्जर संबन्धी सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
बैंकले यस अधि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ । बैंकको चुत्तापुँजी १२ अर्व पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्