मेरो माइक्रो फाइनान्सको शाखा प्रबन्ध गोष्ठी « Arthapath.com
१ कार्तिक २०७६, शुक्रबार

मेरो माइक्रो फाइनान्सको शाखा प्रबन्ध गोष्ठी



मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय सस्थाले शाखा प्रबन्धहरुको गोष्ठी सम्पन्न गरेको छ । सस्थाले आयोजना गरेको दुईदिने शाखा प्रबन्धकहरुको गोष्ठीमा शाखा प्रबन्धकहरुले लघुबित्तको क्षेत्रमा बढदो चुनैतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै सम्पन्न गरेको सस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले बताउनु भयो । 
गोष्ठीमा सस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुले गुणात्मक र संख्यात्मक रुपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरुमा समेत सक्रियता बढाउनुपर्ने बताउनुभयो । कर्पोरेट कार्यालयका कर्मचारीहरु सहित १३५ जना सहभागिता रहेको गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालु आर्थिक वर्षको ब्यवसाय बिस्तार लक्ष्यको साथै शाखा ब्यवस्थापनको बारेमा योजना प्रतिबेदन पेश गरिएको थियो ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरेर कार्य गरिरहेको संस्थाले हाल सम्म देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११०वटा शाखा कार्यालयहरु मार्फत १ लाख विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्