सिभिल बैंक लिमिटेडको शाखा मोरङको पुष्पलाल चोकमा « Arthapath.com
१ कार्तिक २०७६, शुक्रबार

सिभिल बैंक लिमिटेडको शाखा मोरङको पुष्पलाल चोकमा



काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलाल चोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गर्नुभयो ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थितिथियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनु भयो ।
सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।
बचतकर्ताहरुलेसमानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्