सम्पती सुद्धिकरणमा असहयोग गरेका डेपुटी गभर्नर श्रेष्ठलाई हटाउने तयारी « Arthapath.com
१७ कार्तिक २०७६, आईतवार

सम्पती सुद्धिकरणमा असहयोग गरेका डेपुटी गभर्नर श्रेष्ठलाई हटाउने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले हटाउने भएको छ । सम्पती सुद्धिकरणमा असहयोग गरेको आरोपमा डेपुटी गभर्नर श्रेष्ठलाई हटाउन लागिएको हो ।
उनि नेपाली काङ्ग्रेसको कोटाबाट डेपुटीमा नियुक्त भएका हुन । विगतदेखी नै अर्थमन्त्री डा. युवराज खतिवडासँग संबन्ध चिसिदै आएका श्रेष्ठ अन्तत हटाउन लागिएको हो । उनि प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यमार्फत गभर्नरको दौडमा रहेका थिए ।
श्रेष्ठलाई पदबाट निलम्बन गर्न मन्त्री परिषद्को बैठक बसेको थियो । श्रेष्ठलाई कारवाही गर्नको लागि राष्ट्र बैंकलाई निलम्बन गर्न भनेको छ । अर्थ सचिव राजन खनालले मन्त्रीपरिषदको पत्र बोकेर राष्ट्र बैंक संचालक समिति बैठकमा सहभागी हुँदैछन । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थाईत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ ।
सरकारले संचालक तथा डेपुटी गभर्नरहरुलाई पदमुक्त गर्न सक्ने व्यवस्था त्यो दफामा राखिएको छ । यसको लागि सफाईको भने मौका दिनुपर्ने छ ।
राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नको लागि समिति गठन गर्ने छ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने व्यवस्था छ । राष्ट्र बैंक स्रोतका अनुसार आज नै त्यो छानबिन समिति गठन हुने र श्रेष्ठ पदमुक्त हुन सक्ने संभावना छ ।


प्रतिक्रिया दिनुहोस्