सांग्रिला बैंकको १५ औ वार्षिकोत्सवमा प्रभातफेरी « Arthapath.com
१७ कार्तिक २०७६, आईतवार

सांग्रिला बैंकको १५ औ वार्षिकोत्सवमा प्रभातफेरी



कठमाडौं । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष पुुरा गरी १६औं बर्षमा प्रवेश गरेको छ । बैंकले हिजो शनिबार प्रभातफेरी कार्यक्रमको गरेको छ ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार सम्पन्न भएको थियो । ‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
वार्षिक उत्सवकै अवसरमा आइतबार विहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्