प्रभु बैंकको १ सय ९७ औं साखा पिङ्गलास्थानमा « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

प्रभु बैंकको १ सय ९७ औं साखा पिङ्गलास्थानमा



प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जालविस्तार गर्ने क्रममामिति २०७६÷०८÷१२ देखि काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आप्mनो १९७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरे ।
साखा उद्घाटन गर्दै प्रमुख अतिथी ढकालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभए कोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्महरुलाई सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्