कर्मचारी भर्ना स्थानियबाटै हुनुपर्ने भन्दै विदुरका मेयरले दिए बैंकहरुलाई चुनौति « Arthapath.com
१ पुष २०७६, मंगलवार

कर्मचारी भर्ना स्थानियबाटै हुनुपर्ने भन्दै विदुरका मेयरले दिए बैंकहरुलाई चुनौति



काठमाडौं । नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थानिय स्तरमा खुलेका बैंकका साखाहरुलाई आफुले भनेको नमानेको भन्दै कर्मचारी भर्ना र सिएसआरको काम आफुलाई जानकारी गराएरमात्र गर्न आग्रह गरेका छन ।
उनले विगतमा खुलेका बैंकहरुले स्थानिय तहलाई बेवस्था गरेको भन्दै समन्वय गरेर नगए खतरा हुनेसमेत चुनौती दिए । उनले बैंकहरु नाफामात्र कमाउने र सामाजीक उत्रदाहित्व भुलेको भन्दै आगामीदिनमा त्यसो गरीए आफुहरु बैंलाई असहयोग गर्ने चेतावनी दिए । सोमबार नुवाकोटको बट्टार बजारमा सन्राइज बैंक लिको १२८ औं साखा उद्घाटनको अवसरमा मेयर पण्डितले बैंकरहरुलाई संघियता पड्न आग्रह गरे ।
उनले तपाईहरु यही क्षेत्रको पुँजी परिचालन गरेर करोडौं कमाएर लैजाने तर सामाजीक उत्तरदाहित्व र स्थानिक जनशक्तीलाई व्यवस्था गर्ने परिपार्टी रहेको भन्दै मेयर बैंकर प्रति खनिएका थिए ।
कार्यक्रममा सांसद नारायणप्रसा खतिवडाले कृषि उृत्पादनलाई जोड दिएर मुलुकको आयात प्रतिस्थापनमा जोड दिन आग्रह गरे । उनले गाउँगाउँमा गएर कृषिमा आधुनिकिकरण गर्न बैंकहरुले कर्जा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बैंकले कर्जा लिने बेलामा एउटा व्याजको सम्झौता गर्ने र पछि अन्दाधुन्द बढाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सरण उत्सुक सापकोटा, वडाअध्यक्ष टलकमान श्रेष्ठल, बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिता अमात्य, होटल तथा पर्यटन ३ नं प्रदेश अध्यक्ष सन्तोष उप्रेतिगायतको उपस्थिती रहेको थियो ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई सन्राइज बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउने जनाउनु भयो ।
हालसम्म सन््राइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखा रहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालनगर्ने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्