भावी गभर्नरको दौडमा को को ? « Arthapath.com
१५ पुष २०७६, मंगलवार

भावी गभर्नरको दौडमा को को ?



सभामुख नपाए प्रचण्ड अघिसारे श्रेष्ठलाई

विष्णु तारुके
काठमाडौं । आगामी २ महिनापछि नियुक्त हुने नेपाल राष्ट्र बैंकको गभर्नर पदको लागी रसाकष्की सुरु भएको छ । भावी गभर्नर बन्न राष्ट्र बैंक भित्रैबाट र बाहिरबाट पनि तिब्र लविङ सुरु भएको छ ।
नोटमा हस्ताक्षर गर्ने मात्र नभई बैंक वित्तिय संस्थाको नियमन अनुगमनको साथै सरकारको आर्थिक सल्लाहाकारको समेत भुमिकामा रहेको राष्ट्र बैंकको प्रमुख पद गभर्नर बन्न धेरैले इच्छा जाहेर गरेका छन । नेकपा नेतृत्वको सरकार भएकाले तिनै पार्टीका आर्थिक क्षेत्रका विज्ञदेखी अर्थ सचिवसम्मले गभर्नर बन्न आफ्नो लविङ तिव्र पारेका छन ।
५ वर्षको स्थाई पदको साथै सेवा सुविधाका हिसावलेपनि आर्कषक मानिएको गभर्नर बन्न मरिमेट्नेको संख्या आधा दर्जन पुगेको छ । नेकपाका अध्यक्ष त प्रधानमन्त्री केपी शार्मा ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड र अर्थमन्त्री डा. युवराज खतिवडासम्मले आफ्ना उम्मेदवार खडा गरेका छन ।

प्रचण्डले रोजे गभर्नर
नेकपाका अध्यक्ष प्रचण्डले गभर्नरको एक्पोजर बुझ्दै आएकाले उनले सभामुख पद पुर्व एमालेबाट लिनेभए आफुलाई गभर्नर सिफारिस गर्न दिनुपर्ने अडान राखेका छन । प्रधानमन्त्री ओलीले हुन्छ नभनेकाले प्रचण्डले सभामुख पद पुर्व एमालेलाई छोड्न मानेका छैनन् । प्रचण्डले कि सभामुख पुर्व माओवादबिाटै हुनुपर्ने भनदै अग्नि सापकोटालाई अघि सारेका छन । ओली आफ्ना विश्वासपात्र सुवाष नेम्वाङलाई कुनै हालतमा सभामुख बनाउन चाहन्छन । प्रचण्डले पनि भावी राजनितीलाई हेर्दै सभामुख नदिने भए गर्भनर पद आफुलाई दिन आग्रह गरेका छन । गर्भनर पद सरकारको तजविजीले गर्ने भएकाले प्रचण्डले अहिलेनै सहमतीको प्रयास गरेका हुन । पुर्व एमालेबाटै गर्भनर पनि आफुहरुलेनै पाउनुपर्छ भन्दै ओलीमाथी दवाव दिएका छन ।

खतिवडाका २ सारथी
अर्थमन्त्री डा युवराज खतिवडाले भावी गभर्नरमा आफु गभर्नर हुँदाका सहयोगी महाप्रसाद अधिकारीलाई उभ्याएका छन । अधिकारी हाल लगानी बोर्डको सिईओ छन । अधिकारीलाई खतिवडा गभर्नर हुँदा जुनियरलाई डेपुटी बनाएको भनेर चर्को विरोध भएको थियो । अधिकारीलाई मात्रै लाभको पद दिने भन्दै पुर्व एमालेभित्र विरोध भएको छ । अधिकारीको राष्ट्रपती विद्यादेवी भण्डारीसँग पनि राम्रो संबन्ध भएका कारण बाजी मार्ने संभावना देखिन्छ । उता अर्थमन्त्री खतिवडाले गभर्नर पद पुर्व माओवादीको भागवण्डामा पुग्यो भन्दै राष्ट्र बैंकतिर सन्देश पठाएका छन । खतिवडाको दाउ हालका अर्थसचिव डा. राजन खनाललाई बनाउने ध्याउन्नमा देखिन्छन ।
अर्थमन्त्रीले जे भन्यो त्यै मान्ने भएकाले मन्त्रीले राजनलाई च्याप्ने संभावना छ । राजनको हकमा प्रचण्डको पनि सहमती देखिने संभावना छ । अहिलेसम्म अर्थमन्त्रीले इतिहाँसमै गभर्नर नियुक्त गर्न नपाएकाले अर्थमन्त्रीले च्यापेकाको भर नहुने देखिन्छ ।

प्रचण्ड र ओलीको आ–आफ्नै दाउ
सभामुख पद पुर्व एमालेले दावी राखेपछि प्रचण्डले आफ्ना विश्वासिला डा मिनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहेका छन । प्रचण्डको दावी सभामुख नछोड्न पुर्व माओवादीभित्र तिब्र दवाव छ । सभामुख छोड्नेभए गभर्नरमा प्रचण्ड राजी हुने विश्वस्त सुत्रले बताएको छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्र बैंकको जागिरनै राजिनामा गरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकमा श्रेष्ठ अन्य दावेदारभन्दा तुलनात्मक रुपमा योग्य देखिएका छन । मौद्रिक अर्थसास्त्रका पिएचडी श्रेष्ठ भलाद्मी स्वभावका व्यक्ति हुन । अर्थतन्त्रबारे गहिरो अध्यायन गर्ने श्रेष्ठ राष्ट्र बैंकमा हुँदा रिसर्चमा लामो समय विताए ।
उता गभर्नर नियुक्ती प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले ओलीले कसलाई च्वाइस गर्छन भन्न सकिने अवस्था छैन । हालसम्मको नियुक्ती ओलीले आफ्नै जिल्लावासी वा राष्ट्रपतीको जिल्लाबासीबाटै गर्दै आएकाले ओलीले हालकै डेपुटी गभर्नर तिन्तामणी सिवाकोटीलाई गर्ने आकलन गरिएको छ । सिवाकोटी झापाली भएकालेनै अघिल्लोपटक डेपुटी बन्ने मौका पाएका हुन । ओलीले सल्लाह सबैको लिने तर निर्णय आफैले गर्ने भएकाले यै व्यक्ति गभर्नर हुन्छ भनेर ग्यारेन्टी गर्ने अवस्था छैन । प्रधानमन्त्रीसंग संबन्ध राम्रो भएको र एमाले निकट युनियनमा समेत बसेर काम गरेकाले सिवाकोटीको बढी संभावना देखिन्छ । ओटीले आफ्नो भेगबाट रोज्दा सिवाकाटी एक्ला उम्मेदवार हुन ।
उता राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका भिष्मराज ढुङ्गाना, हालका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौला, पाल्लाबाट बुटवल झरेका भाष्करमणी ज्ञावालीदेखी धादिङका खरो एमालेका क्याडर बासुदेव अधिकारीसम्म गभर्नर पद हत्याउन लागिपरेका छन । अधिकारी नेपाल बैंकको अध्यक्ष छन भने ढुङ्गाना धितोपत्र बोर्डको अध्यक्षको आवेदन हालेर बसेका छन । ज्ञावालीलाई पार्टी महासचिव विष्णु पौडेलले अघिसार्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्