महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग



काठमाडौं । महालक्ष्मीविकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्या श्रम, अछामलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
बिहिबारका बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरे । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुकालागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्