कुमारी बैंकमा समाहित हुन लागेको देवः बैंकले खोल्यो २ साखा « Arthapath.com
९ माघ २०७६, बिहीबार

कुमारी बैंकमा समाहित हुन लागेको देवः बैंकले खोल्यो २ साखा



काठमाडौं । हालै कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले दुर्गममा २ साखा खोलेको छ । बैंकले विहिबार खजुरा गाउँपालिका, रिमझिम बजारमा र दाङको घोराही उप–महानगरपालिकाको हस्पीटल रोडमा साखा विस्तार गरेको छ ।

रिमझिम शाखा उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्गले औपचारिक उद्घाटन गरे ।

बैंकका अध्यक्ष गुरुङले गुणस्तरिय सेवा विस्तारमा अघि बढ्दै कुमारी बैंकसँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । कार्यक्रममा देवः विकास बैंकका संचालक बिजयराज शर्मा, भुषाल खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देविलाल शर्मा, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रेग्मीको समेत उपस्थिति थियो ।

यसै गरी घोराही उप–महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको उद्घाटन समारोहमा घोराही उप महानगरपालिका प्रमूख नरुलाल चौधरीले घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको बताए ।


प्रतिक्रिया दिनुहोस्