एनआईसी एशिया बैंकद्वारा १३औं साग विजेतालाई १० लाख सहयोग « Arthapath.com
१० माघ २०७६, शुक्रबार

एनआईसी एशिया बैंकद्वारा १३औं साग विजेतालाई १० लाख सहयोग



काठमाडौं । एनआईसी एसिया बैंकले १३ औं साग खेलमा विजेता खेलाडीलाई करिव १० लाख नगद हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपाल एपिएफ क्लवका विभिन्न पदक विजेता खेलाडीलाई नगद सहयोग गरेको हो ।

एनआईसी एशिया बंैक लिमिटेडले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद ९ लाख ९५ हजार रकम प्रदान गरेको हो ।

उक्त रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेको बैंककको सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्काले बताए । कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालकोसमेत उपस्थिती रहेको थियो ।

बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्