महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आरटिजिएस मझदारी « Arthapath.com
१३ माघ २०७६, सोमबार

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आरटिजिएस मझदारी



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आइतबार आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजताआउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गर्नुभएको हो ।
देशका १०२ वटा शाखाहरु बाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्गलगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्