विकास बैंकर संघका अध्यक्ष ढकाल भन्छन् एक दर्जन विकास बैंक चाहिन्छ « Arthapath.com
१५ माघ २०७६, बुधबार

विकास बैंकर संघका अध्यक्ष ढकाल भन्छन् एक दर्जन विकास बैंक चाहिन्छ



विजनेशको लागी विकास बैंकमा समस्य छैन

राष्ट्र बैंकले ल्याएको मौद्रिक निती मार्फत मर्जरको पोलिसि ल्याएपछि विकास बैंक र फाइनान्स कम्पनीको संख्य ह्वात्तै घटेको छ । देशमा कुनैबेला ८९ ओटा विकास बैंकहरु थिए अहिले घटेर २२ ओटामा आएका छन । त्यसमध्ये पनि केहीले मर्जरको एमोयू गरिसकेका छन भने केही विकास बैंक अझै मर्जरको पार्टनर खोजिमा भौतारिरहेका छन । पछिल्लो समय राष्ट्रिय स्तारमा राम्रो नाफा कमाइरहेका गण्डकी, देवः कैलाश विकास बैंकसमेत मर्जरको प्रकृयामा रहेका छन । गण्डकी मेगा बैंकसँग, कैलाश प्राइम बैंकसंग र देवः कुमारी बैंकसंग मर्जरको तयारीमा रहेका छन ।

किन घटे विकास बैंक ?
विकास बैंकर संघका अध्यक्ष गोविन्दप्रसाद ढकाल भन्छन देशमा अझै १ दर्जन विकास बैंक चाहिन्छ । ८९ ओटा विकास बैंकबाट एकैपटक २२ ओटामा आउनु चानचुने कुरा होइन । ढकाल भन्छन राष्ट्र बैंकले मर्जर पोलिसि नै विकास बैंक घट्नुको मुख्य कारण हो । वाणिज्य बैंकले साखा खोल्न नपर्ने हिसावले विकास बेंकहरुलाई गाभ्दै आए । अर्को मर्ज गर्दा पाइने सहुलियतको लागी पनि धेरै वाणिज्य बैंकले विकास बैंकलाई मर्ज गरे । नयाँ संसोधनको प्रकृयामा रहेको बाफियाको कारण पनि विकास बैंकहरु घट्न थाले । नयाँ बाफियामा २ कार्यकालभन्दा बढी संचालक सिईओ हुन नपाइने प्रावधान र संचालकलाई जुन योग्यता तोकिएको छ त्यसमा धेरै विकास बैंकका संचालकको योग्यता नपुग्ने देखियो । विकास बैंकका संचालकहरुमा आफुले चलाउन नपाइने भएपछि मर्ज गरेर विदा हुनु बेस भन्ने भावनाले पनि काम गरेको जस्तो लाग्छ । संचालक सिईओको मनस्थीतिमा चेन्ज आउनु जरुरी छ । आफु आउट हुने निती आउन लागेपनि धेरैले मर्ज गराउनतिर सोचे ।

किन चाहिन्छ विकास बैंक ?
ढकाल भन्छन विकास बैंक चाहिने नचाकिने भन्ने कुरा देशको इकोनोमिले माग्ने कुरा हो । यो मुलुकमा विकास बैंकको खाँचो छ । हिजो ६० प्रतिसत जनसंख्या वित्तिय पहुँच बाहिर थियो । ग्रामिण भेगमा खुलेर होस या साखा पुर्याएर वित्तिय पहुँचचाँही विकास बैंकलेनै पुर्याएको हो । शहरमा मात्रै पुगेका वाणिज्य बैंकले गाउँमा वित्तिय सेवा दिएको थिएन । बैंकिङ कारोवारको बानी पनि विकास बैंकलेनै गराएको हो । अझै ४० प्रतिसत जनता बैंक वित्तिय सेवाको पहुँच बाहिर छन तिनलाई बैंकिङ पहुँचमा ल्याउन विकास बैंकको भुमिका महत्वपुर्ण छ । ढकाल भन्छन् विकास बैंक किन चाहिँदैन ? अझै निम्न मध्याम वर्गले रोज्ने भनेको विकास बैंकनै हो । वाणिज्य बैंकले भन्दा विकास बैंकले राम्रो सेवा दिएका छन । विकास बैंक र वाणिज्य बैंकमा के फरक छ ? राष्ट्र बैंककै केही अधिकारीहरु विकास बैंक चाहिन्छ अव मर्ज हुनुहुँदैन भनिरहेका छन । विजनेशको लागी विकास बैंकमा समस्य छैन ।

स्प्रेडको असर विकास बैंकमा
कोर क्यापिटल २४/२५ अर्व भएका बैंकले २/३ अर्व कमाउनु ठुलो कुरा होइन । अहिले जुन स्प्रेड तोकिएको त्यसले गतवर्ष भन्दा बैंक वित्तिय संस्थाको नाफा घट्दैछ । अहिले ट्याक्स क्लीयरको कुरा स्ल्यावमा आउनुपथ्र्यो । यो आउनुपर्छ तर क्रमवद्ध रुपमा लागुगर्दै जानुपर्छ । पर्सनल १०/२० लाख लोनको लागी पनि ट्याक्स क्लेरेन्स चाहिने कुराले अव बैंकहरुको नाफा झनै घट्नेवाला छ । व्यवहारिक कठिनाई छ, अहिले बैंकि वित्तिय संस्थामा कर्जाको डिमाण्डनै छैन । लगानी छैन, यसले सरकारले लिएको ग्रोथमा समेत ब्रेक लाग्ने र जिडिपीमा पनि समस्या आउँछ जस्तो लाग्छ । बैंक वित्तिय संस्था जति पारदर्शी कुनै क्षेत्र छैन । तर पनि किन यही माथी आक्रमण भैरहेको छ ।

(कुराकानीमा आधारित, ढकाल गरिमा विकास बैंकका सिईओसमेत हुन)


प्रतिक्रिया दिनुहोस्