एभरेष्ट बैंकपनि साखा विस्तारमा आक्रामक, बुधबार सानोगाउँ साखा संचालन « Arthapath.com
१५ माघ २०७६, बुधबार

एभरेष्ट बैंकपनि साखा विस्तारमा आक्रामक, बुधबार सानोगाउँ साखा संचालन



काठमाडौं । पछिल्लो समय घर कर्जामा आक्रामक बन्दै आएको एभरेष्ट बैंक साखा विस्तारमा पनि आक्रामक बनेको छ । बैंकले ९५ साखा विस्तार गरि सेवा दिइरहेको छ ।
बैंकले नेपालभर आफ्ना १० लाख भन्दा बढि ग्राहकका साथ ९५ साखा संजाल विस्तार गरेको छ । बैंकको ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गदै आईरहेको छ ।
एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै बुधबार ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको हो । एभरेष्ट बैंकले साखा सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले समाजका सबै वर्गमा बैकिङ्ग सुविधा पु¥याउने हेतुले साखा विस्तारलाई तिब्रता दिएको हो ।
बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । बैंकको यस शाखा उद्घाटन समारोहमा बैंकका उच्चतहका कर्मचारीका साथै स्थानियको समेत उपस्थितिमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्