एभरेष्ट र सनराइज बैंकको नाफा बढ्यो, कुनको कति ? « Arthapath.com
१६ माघ २०७६, बिहीबार

एभरेष्ट र सनराइज बैंकको नाफा बढ्यो, कुनको कति ?



काठमाडौं । आज वित्तिय विवरण प्रकाशित गर्ने २ वाणिज्य बैंकहरु रहेका छन । वित्तिय अवस्था अव्वल रहेको एभरेष्ट बैंकले चालु पौष मसान्तसम्ममा १ अर्व ५० करोड नाफा गरेको छ । त्यस्तै सनराइज बैंकले पनि सोही अवधीमा ९४ करोड ४३ लाख नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक१ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्ट बेंकले गत आवको साही अवधीको तुलनामा झण्डै आठ करोड बढी नाफा गरेको हो ।

एभरेष्ट बैंकको चुक्तापुँजी ८ अर्ब ५१ करोड रहेको छ भने बैंकको प्रतिशेयर आम्दानीमा ३५ रुपैयाँ ६५ पैसा पुगेको छ । बैंककले पौष मसान्तसम्ममा १ खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ ।

पछिल्लो समय आक्रामक रुपमा आएको सनराइज बैंकले पौष मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधीको तुलनामा करिव २० प्रतिसत बढाएको छ ।

खुद नाफा बढेसँगै सन्राइज बैंकले प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६ पैसा पुर्याएको छ । गत आर्थिक वर्षको पुस मसान्तमा सनराइजको प्रतिसेयर आन्दानी १९ रुपैयाँ ४५ पैसा थियो । सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ रहेको छ । बैंकले गत पौष मसान्तसम्ममा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्