बैंक अफ काठमाण्डुद्वारा सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग « Arthapath.com
१६ माघ २०७६, बिहीबार

बैंक अफ काठमाण्डुद्वारा सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग



काठमाडौं । बैंक अफ काठमाण्डूले श्री संजय साई विद्यामन्दि हाताभित्र विद्यालयलाई पुस्तकालय निर्माणको निम्ती ५ लाख सहयोग गरेको छ ।
बैंककले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत बालकोट, भक्तपुरको श्री सजंय साई विद्या मन्दिर परिसरमा विद्यालय पुस्तकालय निर्माण गर्न पाँच लाख रुपैयाँ नगद सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई चेक हस्तान्तरण गरे ।
१ वैशाख २०६८ साल देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्