पुस मसान्तसम्ममा माछापुच्छ्रे बैंकको नाफा ८२ करोड « Arthapath.com
२० माघ २०७६, सोमबार

पुस मसान्तसम्ममा माछापुच्छ्रे बैंकको नाफा ८२ करोड



काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड रुपैयाँ नाफा गरेको छ भने निक्षेप ९७ अर्बले संकलन गरेको हो । गत बर्षको पुष मसान्तसम्ममा बैंकले ७८ करोड मात्रै मुनाफा गरेको थियो । त्यस्तै बैंकले निक्षेप ९७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत बर्ष पुष मसान्तमा निक्षेप ८५ अर्ब १९ करोड थियो । गत बर्ष ७५ अर्ब ९ करोड कर्जा रहेकोमा चालु आवको पुष मसान्तसम्ममा संचालन नाफा २ अर्ब ५३ करोड रुपैयाँ गरेको छ । हाल बैंकले ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा दिएको छ । ०.४५ प्रतिशत एनपीएल रहेको बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । बेसरेट १०.२६ प्रतिशत रहेको छ । बैंकले ५.२४ प्रतिशत स्प्रेडदर रहेको छ । बैकले आफ्नो नाफाको ६० करोड रुपैयाँ सेयरधनीलाई दिने गरेको छ । ८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको रिजर्बमा २ अर्ब रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्