माघ २८ गतेबाट एसबीआइ बैंकले न्यून ब्याज दरमा ऋणपत्र जारी गर्ने « Arthapath.com
२० माघ २०७६, सोमबार

माघ २८ गतेबाट एसबीआइ बैंकले न्यून ब्याज दरमा ऋणपत्र जारी गर्ने



काठमाडौं । माघ २८ गतेबाट नेपाल एसबीआइ बैंकले न्यून ब्याज दरमा ऋणपत्र जारी गर्ने भएको छ । अन्य बैंकहरुे १०.२५ प्रतिशतसम्म र कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिँदै आएका छन् भने “नेपाल एसबिआइ बैंक ऋणपत्र २०८६” को वार्षिक ब्याज दर १० प्रतिशत रहने भएको छ । बैंकले एक कित्ताका एक हजार रूपैयाँ दरले ऋणपत्र निष्कासन गरि फागुन २ गतेसम्म बिक्री खुला गर्ने र उक्त अवधीमा बिक्री नभए फागुन २८ गतेसम्म बिक्री गर्ने छ ।

कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको ऋणपत्रमा २५ सम्म कित्ता किन्नु पर्ने छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ । कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोडको प्राइभेट प्लेसमेन्ट र बाँकी सर्वसाधारणलाई बिक्री गरि ५ करोड कित्ता सामूहिक लगानी कोष कम्पनीले किन्ने छ ।


प्रतिक्रिया दिनुहोस्