धर्मस्थलीमा प्रभु बैंकको २०७ औं शाखा स्थापना « Arthapath.com
२० माघ २०७६, सोमबार

धर्मस्थलीमा प्रभु बैंकको २०७ औं शाखा स्थापना



काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमवारदेखि काठमाण्डौंको तारकेश्वर नगरपालिका–८ धर्मस्थलीमो २०७ औं शाखा स्थापना गरेको छ ।

प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा समेत शाखा विस्तार गरि आम सर्वसाधारणको घर आँगनसम्म सरल र सहज सेवा दिएकोमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले धन्यवाद ब्यक्त गरे ।

बैंकिङ्ग सेवा विस्तार गरि प्रशंसनीय कार्य गरेको र यो अभियानलाई देशभरिनै गर्नुपर्ने उनले बताए । देशका अन्य क्षेत्रमा पनि सेवा विस्तार गरि समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने उनी बताउँछन् । साथै बैंकलाई सफलताको शुभकामना समेत दिए ।

बैंकका धर्मस्थली शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

धर्मस्थलीमा शाखा कार्यालय स्थापना भएपछि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा हुने भएपछि स्थानियवासीहरु पनि हर्षित भएका छन् ।

यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग प्रणालीको विकास हुने विश्वास बैंकले गरेको छ । स्थानीयको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्