मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान” शुरुवात « Arthapath.com
२० माघ २०७६, सोमबार

मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान” शुरुवात



काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । वित्तीय जागरण अन्तर्गत गल्छी गाँउपालिका ९ बैरेनीमा पनि कार्यक्रम सम्पन्न भएको छ । बैरेनीस्थित गाउँपालिका भवनमा भएको कार्यक्रम वडा नं ७ का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो ।

त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय धुनीवेशी ९ धार्के बैंक शाखाका हरी प्रसाद लोहनीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथी र अतिथीमा सोही विद्यालयका शिक्षक नरेन्द्र प्रसाद रिजाल रहेका थिए ।

कार्यक्रममा १ सय ७० जना सेवाग्राहीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागीहरुलाई वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतका वारेमा जानकारी गराईएको थियो । बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले “आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता” भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको बैंकले जानकारी दिएको छ ।

मुक्तिनाथ विकास बैंकका हालसम्म ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु रहेका छन् । सबै शाखाहरु मार्फत ग्राहकको आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गरिरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्