६ महिनाको अवधीमा प्रभु बैंकको १ अर्ब ८ करोड खुद नाफा « Arthapath.com
२१ माघ २०७६, मंगलवार

६ महिनाको अवधीमा प्रभु बैंकको १ अर्ब ८ करोड खुद नाफा



काठमाडौं । ६ महिनाको अवधीमा प्रभु बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ । तीन महिनाको अवधीमा बैंकले ४५ करोड ७३ लाख नाफा गरेको हो । यसरी नाफा गर्दा ४.२१ प्रतिशतका दरले नाफा बृद्धि गरेको हो ।

बैंकले ब्याजमा १४ प्रतिशतले बढाएर २ अर्ब ४५ करोड रुपैयाँ पुगाएको छ । बैंकले ब्याजमा आम्दानी १४.६४ प्रतिशत गरेको छ भने १५ प्रतिशत खर्च गरेको छ ।

बैंकको निक्षेप संकलन १० अर्बले बढेर १ खर्ब १५ अर्ब रुपैयाँ र्पुयाएको छ । ऋण विस्तार ८ अर्ब ५८ करोडले बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको खराब कर्जाको अनुपात २.४७ प्रतिशतबाट ३.१२ प्रतिशतमा उक्लिएको छ । बैंकको स्प्रेड दर ४.८७ बाट ४.८३ प्रतिशत रहेको छ ।
स्प्रेड दर सामान्य रहेतापनि आधार दर ९.३७ प्रतिशतबाट ९.४५ प्रतिशतमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्