गभर्नर डा. नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन « Arthapath.com
२२ माघ २०७६, बुधबार

गभर्नर डा. नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक समारोहका बीच गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको शाखाको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गरेका छन् । मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पु¥याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको उनले बताए । मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने राष्ट्र बैंकको नीति रहेको छ ।

सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उनले भने, “सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।” यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई छ । “देशका सबै ठाउमा वित्तीय पहुँच पुगेमा मात्र मुलकमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ,” उनले भने ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गरे । धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानिय उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “ग्रामीण अर्थतन्त्र उकास्न कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउने र ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ अघि बढ्ने छौँ ।”

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला, धार्चे गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वविजय शर्मा लगायत स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।

सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले .५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी .५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १ सय ३ पुगेकोे छ ।


प्रतिक्रिया दिनुहोस्