सिभिल बैंकद्धारा गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
२२ माघ २०७६, बुधबार

सिभिल बैंकद्धारा गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । सिभिल बैंकले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा १८ गते वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
गभर्नर डा. नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जनसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण (कर्जा) तथा बैंकिङ सेवा÷सुविधाका बारेमा जानकारी गराए ।

नेपाल राष्ट्र बंैकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिए । सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरु घटाइ बचत गर्ने बानीको विकासले समृद्धितर्पm उन्मुख गराउने विचार व्यक्त गरे ।
कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्पm आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्