यातायात ब्यबस्थापन कार्यलय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

यातायात ब्यबस्थापन कार्यलय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन



काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिराटनगर स्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यातायात ब्यबस्था कार्यालयका प्रमुख रबिन कार्कीले समुद्घाट्न गरेका छन ।

विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि यातायात ब्यबस्थापन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा ब्त्ःः, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्