मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’ « Artha Path
२६ माघ २०७६, आईतवार

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’



काठमाडौं । ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्ड’बाट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली सम्मानित भएकी छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)को साधारण सभाको अवसरमा सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरिएको हो । समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरिन । यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उनले बताईन् ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिईन् । उनको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्