एनआईसी एशिया बैंकद्वारा भ्यालेन्टाइनडेमा पाँचतारे होटेलमा निशुल्क डिनर « Arthapath.com
२७ माघ २०७६, सोमबार

एनआईसी एशिया बैंकद्वारा भ्यालेन्टाइनडेमा पाँचतारे होटेलमा निशुल्क डिनर



कठमाडौं । एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MOBank मार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा निःशुल्क डिनरको आयोजना गरेको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउेने छन ।

MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment , बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने छ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिएको छैन ।

यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी गराईने छ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउने छ । नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्