अझै पुग्न सकेन ८ स्थानिय तहमा बाणिज्य बैंक « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

अझै पुग्न सकेन ८ स्थानिय तहमा बाणिज्य बैंक



काठमाडौं । देशका सबै स्थायि तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने उद्धेश्यले हालसम्म ७ सय ५३ स्थानिय तहमध्ये ७ सय ४५ स्थानिय तहमा बाणिज्य बैंकको पहुँच पुगेको छ । अव ८ स्थानिय तह बैंकको पहुँच बाहिर छन ।

नेपाल राष्ट्र बैंकले सबै स्थानिय तहमा बैंकको पहुँच पुर्याउन सबै बैंकलाई आग्रह गरेको थियो जस अनुसार ७ सय ४५ स्थानिय तहमा बैंकको पहुँच पुगेको हो ।

प्रदेश नं १ का कुल १ सय ३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १ सय ३६ स्थानीय तहमा, प्रदेश नं २ का कुल १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा, वाग्मती प्रदेशका कुल १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तहमा, गण्डकी प्रदेशमा ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बाणिज्य बैंकको पहुँच पुगेको छ ।

प्रदेश नं ५ मा भने १०९ ओटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको छ । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ तहमा र सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा पुगेका छन ।


प्रतिक्रिया दिनुहोस्